नेपाल एअरलाइन्सले सुरु गर्‍याे अन्तर्राष्ट्रिय गन्तव्यमा ‘अनलाइन बुकिङ’

काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले आज साेमवारदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय गन्तव्यमा अनलाइन टिकट बुकिङ सुरु गरेको छ ।

आजदेखि यात्रुले निगमका सबै गन्तव्यका टिकट अनलाइनमार्फत लिन सक्नेछन् । यात्रुले विश्वको कुनै पनि ठाउँबाट निगमको वेबसाइट www.nepalairlines.com.np बाट अनलाइन बुकिङ्ग गरी टिकट खरिद गर्न सक्नेछन् ।

निगमले अहिले दिल्ली, मुम्बई, बेंगलाेर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । अनलाइन टिकेटिङ सेवामार्फत संसारभरका यात्रुलाई टिकट खरिदमा सहजता हुने निगमले जनाएको छ ।

Share your love