सोनो दिपले वीरगंज मेलामा पानि बितरण गर्नुको साथै रक्तदानको व्यवस्था गर्ने

बिरगंज – बिजया दशमीको उपलक्ष्यमा सानो दिप क्लबले माइस्थान मंदिर अगाडि क्याम राखी निस् शुल्क पानी बितरण एवम् रक्तदानको आयोजना गर्ने भएको छ। आगामी दिनहरूमा गर्ने कार्यक्रम ,दशैंका बीचमा ट्राफिक नियन्त्रणका बारेमा छलफल र नयाँ सदस्यको परिचय दिने कार्य भएको क्लब अध्यक्ष कृष कुर्मीले बताए।

कृष कुर्मीको अध्यक्षतामा चौथो बैठक बसेको थियो ‌। सो कार्यक्रममा प्रमुख अतिथिमा इन्जिनियर रमेश यादव र वरिष्ठ अतिथिमा सानो पाइलाका सामाजिक परिचालनकर्ता फिरोज अन्सारी सानो दीपब क्लबका उपाध्यक्षमा आयशा पटेल, सचिव दिव्यांशु कर्ण ,सहसचिवमा बिटु गुप्ता , कोषाध्यक्षमा विवेक कुमार पटेल, सदस्य राजीव यादव, बिटु गुप्ता, सुजित गुप्ता, इस्रुहिया, श्रुति पटेल, , आलोक, आशिष, विश्वराज, अभिषेक, युवराज,ओम कार्यक्रम मा सम्मान गर्दै समिति गठन गरिएको हो ।

Share your love