नेकपा एमालेको स्थायी कमिटी बैठक जारी

नेकपा एमालेको स्थायी कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनको ठोस योजना बनाउन पार्टीले आज ९मंगलबार० देखि भदौ १२ गतेसम्म स्थायी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो ।
मंगलबार स्थायी कमिटी, भदौ ९ गते पोलिटब्यूरो, भदौ १० र ११ गते केन्द्रीय कमिटी तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक हुने एमालेले जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाइएको छ । बैठक आसन्न निर्वाचनमा केन्द्रित रहनुका साथै समग्र पार्टी तथा मुलुकको राजनीतिक अवस्थाबारे छलफल हुने नेताहरूले बताएका छन्।

त्यस्तै, आगामी पोलिटब्यूरो र केन्द्रीय कमिटिको एजेण्डा पनि बैठकले तय गर्ने भएको छ । पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर र पोखरेल, उपमहासचिवद्धय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको निर्वाचन घोषणपत्र मस्यौदा कमिटी गठन गरिएको थियो ।

Share your love