ठोरीमा एक युवकको शव झुण्डिएको अवस्थमा फेला

हरिकिशोर शर्मा

ठोरी –पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ स्याउलीबस्तिका एक २३ बर्षीय युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

वडा नम्बर ४ स्याउलीबस्तीका २३ बर्षीय राम पाख्रिनको शव उनकै घर नजिकैको जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार मृतकको घर बाट ५ सय मिटरको दुरीमा रहेको जंगलमा पाख्रिनको शवको फेला परेको हो । फेला परेको शवको मुचुल्का उठाएर घटनाको अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

Share your love