नासाले पृथ्वीका नदीहरूमा बग्ने पानीको अनुमान गर्ने

अमेरिकी अन्तरिक्ष निकाय नासाले गरेको अध्ययनले पृथ्वीका नदीहरूबाट कति पानी बग्छ भन्ने नयाँ अनुमान उपलब्ध गराएको छ । पृथ्वीको जलचक्र बुझ्न र ताजा पानीको आपूर्ति व्यवस्थापन गर्न उपलब्ध पानीको विवरण महत्त्वपूर्ण रहेको नासाका अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । नासाको ‘स्ट्रिम–गेज’ मा विश्वभरका झन्डै ३० लाख वटा नदीलाई कम्प्युटर मोडेलहरूसँग जोडिएको छ । ‘स्ट्रिम गेज’ पानीको सतहको उचाइ मापन गर्न प्रयोग गरिने उपकरण हो ।

‘नेचर जियोसाइन्स’ मा हालै प्रकाशित अध्ययनले सन् १९८० देखि सन् २००९ सम्म पृथ्वीका नदीहरूमा पानीको कुल मात्रा औसतमा दुई हजार दुई ४६ घन किलोमिटर रहेको अनुमान गरेको छ । पृथ्वीको जलचक्रमा मानव प्रभावको मापनमा सुधार गर्न सकियोस् भनेर अध्ययनका अनुमानहरूको तुलना अन्तर्राष्ट्रिय सतही जल र महासागर टोपोग्राफी उपग्रहको तथ्याङ्कहरूबाट गर्न सकिने नासाले बताएको छ ।

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *