नक्कली भुटानी शरणार्थी प्रकरण : एकीकृत समाजवादीले आज काठमाडौँमा प्रदर्शन गर्ने

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने भएको छ । सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो ३ बजे माइतिघर मण्डलामा सो प्रदर्शन गर्न लागिएको हो । हिजो मात्र सो पार्टीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।

Share your love