रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

साविक विजेता रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।

इत्तिहाद स्टेडियम म्यानचेस्टरमा गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा ४–० को तथा समग्रमा ५–१ को जितसहित सिटी फाइनलमा पुगेको हो ।

सिटी र रियल मड्रिडले पहिलो लेगमा १–१ गोलको बराबरी खेलेका थिए । सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एक/एक गोल गरे । सिटी सन् २०२०/२१ को सिजनमा फाइनलमा पुगे पनि चेल्सीसँग पराजित भएको थियो ।

रियलले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ तर सिटीले उपाधि जित्न सकेको छैन । अब सिटीले उपाधिका लागि इन्टर मिलानसँग खेल्नेछ । फाइनल खेल जुन १० तारिखमा हुनेछ ।

 

Share your love