‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा फ्रेन्ड्स क्लब र मच्छिन्द्र फुटबल क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ ।

दिउँसो तीन बजे नै च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र सङ्कटा क्लब खेल्नेछन् ।

त्यस्तै, दशरथ रङ्गशालामा आज हुने दोस्रो खेलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबबीच बेलुका ६ बजे खेल हुनेछ । १४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेसनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

 

Share your love