थप १ सय ६ जनामा काेराेना सङ्क्रमण, काठमाण्डाै उपत्यकामा १२ जना आईसीयूमा

पछिल्लाे २४ घण्टामा एक सय छ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । एक हजार चार सय ८८ जनाकाे नमुना परीक्षण गर्दा एक सय छ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यही अवधिमा ७४ जना सङ्क्रमणमुक्त भएका छन् । यसैबीच २४ घण्टामा ३१ हजार पाँच सय ५५ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका छन् । अहिले सक्रिय सङ्क्रमितकाे सङ्ख्या चार सय ३५ रहेकाे मन्त्रालयले जनाएकाे छ । काठमाण्डाै उपत्यकामा २७ जना आइसोलेसन, १२ जना सघन उपचार कक्ष (आईसीयू) मा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।

केही दिनयता नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण बढिरहेकाे छ । सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डकाे पालना गर्न र काेराेनाविरुद्धकाे खाेप लगाउन मन्त्रालयले आग्रह गरेकाे छ ।

 

 

Share your love