डा . मधुलाई मतदान गर्न आम जनताको अपिल

वीरगंज – पर्सा क्षेत्र नम्बर ३ ( ख ) बाट प्रदेश सभा सदस्यकी उम्मेदवारी दिनुभएको डा.मधु गुप्ता कुर्मीलाई मतदान गर्न त्यस क्षेत्रका आम जनताले अपिल गर्न थालेका छन ।

डा.मधुले चुनावी घरदैलो क्रममा जनताको घर आँगनमा पुग्दा त्यहाका जनताले स्वयम् स्थानीय सञ्चारकर्मी संग हामीले जसपा र एमालेलाई मत दिन्छौ र तपाइहरुले पनि जसपा एमाले गठबन्धनबाट प्रदेश सभा सदस्यकी उम्मेदवार डा. मधुलाई गुप्ता कुर्मीलाई मत दिन आग्रह गरिरहेका छन ।

उहा जसपा नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ ( ख ) मा प्रदेश सभा सदस्यकी उम्मेदवारी दिनुभएको छ ।

Share your love