चोरीको स्कुटर सहित वीरगंजका ३ जना पक्राउ

काित्तिक १३ गते विहान १०:०० बजे वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुर बस्ने प्रमोद कुमार कुर्मीको प्रदेश २-०३-०१५ प ९६१३ नम्बरको निलो कालो रंगको यामाहा कम्पनिको स्कुटर घर अगाडि पार्किङ गरी राखिएको अवस्थाबाट लक तोडी चोरी भएको थियाे ।

प्रहरीलाई जानकारी प्राप्त हुनासाथ खोजतलास तथा अनुसन्धान गर्ने क्रममा वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको अनुसन्धान अधिकृतको टोलीले तीनै जना नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

पक्राउ परेका क्षेत्रीले दिएकाे सूचना अनुसार सिंह र चौरसिया मिली चोरी गरी जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० थानीचोक भिमकुना वडा एरियामा लुकाइ छिपाई राखेको थाहा भएपछि टोलीले तीनै जना कसुरदारहरुलाई कात्तिक १७ गते पक्राउ गरी स्कुटर समेत बरामद गरी थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

Share your love