टी–२० विश्व कप क्रिकेट आजदेखि – उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का खेल्दै

आईसीसी टी–२० विश्व कप क्रिकेट आजदेखि अस्ट्रेलियामा सुरु हुँदैछ । भिक्टोरियामा आज हुने उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समयअनुसार बिहान पौने १० बजे सुरु हुनेछ ।

नामिबिया दोस्रो पटक विश्व कप खेल्दैछ । श्रीलङ्का पूर्व च्याम्पियन र अहिलेसम्मका विश्व कपमा सहभागी टोली हो । आज हुने दोस्रो खेलमा दिउँसो पौने २ बजे यूएई र नेदरल्यान्ड खेल्दैछन् । यूएई दोस्रो पटक र नेदरल्यान्ड पाँचौँ पटक विश्व कप खेल्न लागेको हो ।

यो विश्व कपमा आयोजक अस्ट्रेलियासहित नामिबिया, श्रीलङ्का, यूएई, नेदरल्यान्ड, वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड, स्कटल्यान्ड, न्युजिल्यान्ड, अफगानिस्तान, इङ्ग्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बङ्लादेश गरी १६ टोली सहभागी छन् ।

टी–२० विश्व कपमा अहिलेसम्मका ७ संस्करणमा ६ टोली च्याम्पियन बनेका छन् । वेस्टइन्डिजले दुई पटक विश्व कप जितेको छ । यो विश्व कपको फाइनल खेल नोभेम्बर १३ मा हुनेछ।

Share your love