टर्कीमा काेइला खानी विष्फाेट हुँदा कम्तीमा २८ जनाकाे मृत्यु

उत्तरी टर्कीको बार्टिन प्रान्तको एक कोइला खानीमा विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौँ फसेका छन्।

शुक्रबार विस्फोट हुँदा करिब ११० जना खानीमा थिए, जसमध्ये झन्डै आधा ३०० मिटरभन्दा गहिराइमा रहेका थिए।

टर्कीका स्वास्थ्यमन्त्रीले ११ जनाकाे उद्धार गरिएको र उनीहरूको उपचार भइरहेको जानकारी दिए।

विस्फोट करिब ३०० मिटर गहिराइमा भएको अनुमान गरिएको छ। करिब ४९ जनाले ३०० देखि ३५० मिटर (९८५ देखि १,१५० फिट) भूमिगत “जोखिमपूर्ण” क्षेत्रमा काम गरिरहेका थिए।

विष्फोटको कारण भने खुल्न सकेकाे छैन र यसबारेमा अन‍ुसन्धान भइरहेकाे छ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार उक्त स्थलको भ्रमण गर्ने अपेक्षा गरिएको छ।

भाग्न सफल एक कामदार भन्छन्, ‘त्यहाँ धुलो र धुवाँ थियो र के भयो हामीलाई थाहा छैन।’

खानी राज्यको स्वामित्वमा रहेको टर्किस हार्ड कोल इन्टरप्राइजेजको हो।

सन् २०१४ पश्चिमी शहर सोमामा खानी विस्फोट हुँदा ३०१ जनाले ज्यान गुमाएका थिए।

Share your love