राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा पुग्न नसकेका विद्यार्थीकाे परीक्षा जुम्लामै गर्न बाेर्डकाे अनुमति

 कर्णाली राजमार्ग अवरुद्ध हुँदा कक्षा १२ को ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा केन्द्र जुम्लामै कायम गरिएको छ । जुम्ला घर भई विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थीको परीक्षा सडक अवरुद्ध भएर पुग्न नसकेपछि  जुम्लामै कायम गरिएको हो । परीक्षा भाेलि र पर्सि हुँदैछ ।

जुम्लामा गएकाे असोज १९ गतेदेखि परेकाे अविरल वर्षाका कारण आएको पहिरोले कर्णाली राजमार्ग बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार परीक्षाको समयमा राजमार्ग पहिरोले अवरुद्ध भएको र हवाई उडान अनियमित भएपछि विद्यार्थीको भविष्य अन्यौलमा नहोस् भन्दै प्रशासनले विकल्पका लागि राष्ट्रिय परीक्षा बाेर्डलाई विकल्पका लागि अनुरोध गरेको थियो । त्यही अनुसार विपतको समयमा नियन्त्रण कार्यालयले जुम्लामा स्विकृति दिएको जानकारी दिनुभयो ।  उहाँका अनुसार चन्दननाथ उच्च माध्यामिक विद्यालयमा ति विद्यार्थीको परीक्षा हुनेछ ।

यस्तै, लोकसेवा परीक्षार्थी र बिरामीलाई जहाजमा प्रथामिकता दिइएकाे छ । यसबेला लोकसेवाका विद्यार्थी ३८ जना, १३ जना खेलाडी, बिरामी सहितका अन्य विद्यार्थीलाई पठाइएको स्थानीय प्रशासनले पहल गरेको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताउनुभयो । परीक्षार्थी जान पाउनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेपछि स्थानीय प्रशासनको निगरानीमा दुई सय ६ जनाको नाम लिष्ट गरिएको थियो । माैसमका कारण हवाइ उडान पनि अनियमित बनेकाे छ ।

Share your love