टी–२० विश्वकप क्रिकेट : नेदरल्यान्ड्सलाई पराजित गर्दै श्रीलङ्का सुपर १२ मा प्रवेश

अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा श्रीलङ्काले आज भएको समूह ए को पाँचौँ खेलमा नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्दै सुपर १२ मा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १६२ रन बनायो । श्रीलङ्का लागि कुशल मेन्डिसले सर्वाधिक ७९ को योगदान गरे ।

जवाफी ब्याटिङका क्रममा नेदरल्याड्सले पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर मात्र १४६ रन बनायो । नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले सर्वाधिक अविजित ७१ रन जोडे पनि अन्य खेलाडीले राम्रो रन जोड्न नसक्दा लक्ष्य भेटाउन भने सकेनन् ।

तिन खेलमा एक हार र दुई जितसँगै श्रीलङ्काले अङ्क तालिकामा राम्रो रनरेटका कारण समूह ए मा नामिबिया र युएईबीचको अर्को खेलको नतिजा बिनै सुपर १२ मा प्रवेश गरेको हो ।

हारका बाबजुद पनि नेदरल्यान्ड्सको सुपर १२ पुग्ने सम्भावना कायमै छ । तर, नामिबियाले युएईलाई पराजित गरेको खण्डमा नेदरल्यान्ड्स समूह चरणबाटै बाहिरिनेछ ।

Share your love