बीरगन्जका सोयब अख्तरले जिते स्वर्ण पदक

पोखरामा आयोजित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा जुडो खेलमा बीरगन्जका मोहम्मद सोयब अख्तरले स्वर्ण पदक जितेका छन् । जुडो तर्फ स्वर्ण पदक जित्ने उनी मधेस प्रदेशमै एक मात्र खेलाडी हुन् ।

अख्तरले जुडोको ५८ केजी समूहमा नेपाल प्रहरीका सुवासचन्द्र बोहरालाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । बीरगन्ज महानगरपालिका वडा नम्बर ३ घर भएका अख्तरले तीन खेलाडीलाई पाखा लगाउँदै फाइनल पुगेका थिए ।

आफ्नो तौल भन्दा बढीको तौल समूहमा खेलेका उनले नेपाल प्रहरीका बोहोरालाई पछार्दै उपाधी हात पारेका हुन् ।

 

Share your love