जापानका प्रधानमन्त्री फुमियोमाथि आक्रमण

जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ ।

वाकायामा आयोजित एक चुनावी कार्यक्रमलाई सम्बाेधन गर्न लागेका प्रधानमन्त्री फुमियोमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदोले जनाएकाे हाे । प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको सुरक्षित रूपमा सकुशल कार्यक्रमस्थलबाट निकालिएको छ ।

प्रतिनिधि सभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा सम्बाेधन गर्न मञ्चमा पुग्न लागेका प्रधानमन्त्रीमाथि आक्रमण भएको हो । आक्रमणको आशंकामा प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

Share your love