जसपा , एमालेको पकहाँ मैनपुर गाउँपालिकामा घरदैलो सम्पन्न

वीरगंज –नेकपा एमाले र जनता समाजबादी पार्टी नेपालको गठबन्धनले आज पर्सा क्षेत्र नम्बर ३ को पकहाँ मैनपुर गाउँपालिकामा चुनाबी घरदैलो गरेको छ ।

पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ता र क्षेत्र नम्बर (ख ) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मघु गुप्ता कुर्मीले आज बिहिबार आ-आफ्ना नेता कार्यकर्ता सहित संयुक्त रुपमा मतदाताको घरदैलोमा पुगेर जसपा , एमाले गठबन्धनलाई जिताउन आग्रह गर्नुभएको हो ।

अब विकल्प युवा , अनुभवी , विज्ञ मात्र भएकोले मैले डाक्टर पेशा छोडेर गाउँ समाजको बिकास गर्नको लागी राजनीतिकमा आएको घरदैलोको क्रममा जसपा नेतृ एवम पर्सा क्षेत्र नम्बर ३ (ख ) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ताले बताउनुभयो । उहाले सम्पूर्ण महिलाकोको पहिचानको लागी खास गरेर सबै महिलाले मलाई मत दिएर जिताउनु पर्ने धारणा राख्नुभयो ।त्यसक्रममा जसपा र नेकपाका नेता कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।

Share your love