स्वास्थ्य विज्ञ डा.मधु गुप्तले ग्रामिण भेगको स्वास्थ्यमा धेरै सुधार लाउन सक्ने –जनअपेक्षा

वीरगंज –जनता समाजवादी पार्टी नेपाल र नेकपा एमाले बाट संयुक्त रुपमा प्रदेश सभा सदस्यको लागी पर्सा क्षेत्र नम्बर ३ को (ख) बाट निर्वाचन लडी रहनुभएको डा . मधु गुप्ताले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न सक्ने जनअपेक्षा बढेको छ । स्वास्थ्य क्षेत्रमा विज्ञता हासिल गर्नुभएकी डा.गुप्ताले ग्रामिण भेगका जनताहरुको स्वास्थ्य अवस्था अझ उचाईमा पुर्याउन सक्नु हुनेछन भनी पर्सा क्षेत्र नम्बर ३ का मतदाताले भन्न थालेका छन ।

आज बिहान चुनाबी घरदैलोको क्रममा पर्साको क्षेत्र नम्बर ३ (ख ) को पकाहा मैनपूर गाउँपालिकाको बिभिन्न टोलमा रहनुभएको आफ्ना मतदाताको घरमा पुग्नुभएको डा.गुप्तालाई सघाउने त्यहाका जनताहरुले भनेका छन । जनताले अब विज्ञलाई नै खोजि रहेको हुदा डा.गुप्ताको स्वास्थ्य क्षेत्रमा ठुलो अनुभव रहेको हुदा उहालाई जनताले सजिलै स्वीकार्न सक्ने संकेत देखिएको छ ।

Share your love