बाबुराम भट्टराईकाे आराेप- स्वतन्त्र उम्मेदवारी लोकतन्त्रविरोधी प्रवृत्ति

नेपाल समाजवादी पार्टी(नेसपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वतन्त्र उम्मेदवारी लोकतन्त्रविरोधी प्रवृत्ति भएकाे आराेप लगाएका छन् ।

आज बिहीबार काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम-लोकतान्त्रिक गठबन्धनले प्रचार-प्रसार समितिको कार्यालय स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै डा.भट्टराईले यस्ताे बताएका हुन् ।

नागार्जुन-४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै उने भने,’स्वतन्त्र उम्मेदवारी, लोकतन्त्रविरोधी प्रवृत्ति हाे ।’

साथै, भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वामऔलोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताए ।

मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिविरुद्ध निर्माण भएको वाम-लोकतान्त्रिक गठबन्धन प्राकृतिक र स्वभाविक भएको उनले बताएका हुन् ।

उनले अहिलेको व्यवस्थामा दलको विकल्प अर्को दल हुने विचार व्यक्त गर्दै पार्टीको विकल्प खोज्दा निर्दलीय र अधिनायकवादीको उदय हुनसक्ने खतरा औँल्याएका छन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठले देश, संविधान र लोकतन्त्र जोगाउन वाम-लोकतान्त्रिक गठबन्धनको भूमिका महत्वपूर्ण रहेकाले आसन्न निर्वाचनमा लोकतन्त्र र संविधान पक्षधरलाई जनताले विजयी गराउने बताए ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ (ख)का उम्मेदवार अमिन पाण्डेले संविधानको रक्षा गरी प्राप्त उपलब्धि जोगाउन गठबन्धन गरिएको बताएका छन् ।

प्रचार कार्यालयमार्फत अब चुनावकेन्द्रित प्रचारका काम गरिने कांग्रेस नेता लक्ष्मीराम शर्माले बताए ।

Share your love