गाईसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गयो

कैलाली – कैलालीमा सडकमा छोडिएको गाईसँग ठोक्किएर दुर्घटना हुँदा गए राति मोटरसाइकल चालकको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

जोशीका अनुसार धनगढी–१३ अत्तरियाबाट धनगढी आउँदै गरेको सुदूरपश्चिम प्रदेश(०१(०११ प ३८१६ नम्बरको मोटरसाइकलले छाडा गाईलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा ज्यान गएको हो मोटरसाइकलमा रहेकी शर्मीलाको त्यही अस्पतालमा उपचार भइरहेको बताइएको छ।

Share your love