सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाण्डौ – सत्ता गठबन्धनको बैठक बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा पाँच दलका शीर्ष नेताहरुबीच प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सिट बाँडफाँटबारे छलफल हुनेछ ।

यसअघि पनि सिट बाँडफाँटका विषयमा पटक पटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन । सिट बाँडफाँटका लागि कार्यदल बनाए पनि त्यसले टुङ्गो लगाउन सकेको छैन ।

सिट बाँडफाँटबारे छिट्टै टुङ्गो लगाउने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भएको छ ।

Share your love