गस्ती जाँदा भिरबाट लडेर घाइते भएकी म्यादी प्रहरीको ज्यान गयाे

धादिङको त्रिपुरासुन्दरीमा नेपाल प्रहरीसँग गस्तीमा गएकी एक म्यादी प्रहरीको भिरबाट लडेर ज्यान गएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ की २१ वर्षीया भवानी खकुराल हिजाे मङ्गलवार प्रहरीसँगै गस्ती जाँदा भिरबाट लडेर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि न्युराे अस्पताल लगिएकाेमा त्यहीँ नै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्याम खत्रीले जानकारी दिनुभयो ।

म्यादी प्रहरीको बीमा नगरिएकोले क्षतिपूर्ति नेपाल सरकारले निर्णय गरेअनुसार हुने खत्रीले बताउनुभयो ।

 

Share your love