कालिकामाईमा गाउँपालिका स्तरीय १५ सदस्य युवा समुह गठन

वीरगंज –पर्साको कालिकामाई गाउँपालिकामा गाउँपालिका स्तरीय १५ सदस्य युवा समुह गठन भएको छ । आज बिहिबार बसेको युवाहरुको बैठकले १५ सदस्य गाउँपालिका स्तरीय युवा समुह गठन गरेको हो ।

आकाश चौरसियाको अध्यक्षतामा गठन भएको समुहको उपाध्यक्षमा ईमाम हुसेन , मनिष मिश्र कोषाध्यक्षमा बुलेट तिवारी , सचिवमा युराज पटेल , सह-सचिव रहमत हुसेन चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा बिशाल कुशवाहा , राजन पासवान , चन्दशेखर पटेल , दिपेन्द्र गुप्ता , सह्जाद आलम , अफताब आलम , प्रकाश पटेल , शुभाष पटेल लगायत रहनुभएको अध्यक्ष आकाश चौरसियाले जानाकरी दिनुभयो । यसैगरी समुहको नामकरण कालिकामाई युवा समाज सर्वसमतले कायम गरिएको छ   ।

Share your love