कांग्रेसबाट न्याैपानेद्वारा सभामुखमा उम्मेदवारी, प्रस्तावकमा विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधि सभाकाे सभामुख पदका लागि उम्मेदवारी दिनुभएको छ । आज बुधवार नयाँ बानेश्वरमा रहेकाे संसद् भवनमा पुगेर सांसद न्याैपानेले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हुनुहुन्छ भने समर्थकमा नकेपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहनुभएको छ । न्याैपानलेलाई माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ ।

 

Share your love