कतारका राजा काठमाडौं आइपुगे

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणका लागि कतारका अमिर अल थानी मंगलबार बंगलादेश हुँदै नेपाल आएका हुन् ।कतारका राजाले नेपाल भ्रमण गरेको यो पहिलो पटक हो । उनी बुधबार फर्किनेछन् ।

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *