एमाले अग्रज नेता कार्यकर्ताको एउटै आवाज-पर्सा ३ (ख) मा मधुलाई छातामा मतदान

पर्साको क्षेत्र नं। ३ ख अन्तर्गत बिन्दबासिनीका एमालेका अग्रज नेता कार्यकर्ताले सो क्षेत्रको विकासको लागि डा। मधु गुप्ता कुर्मीको जीत अनिवार्य रहेको बताएका छन् । मधु सो क्षेत्रबाट नेकपा एमाले र जसपाकोतर्फबाट प्रदेशसभा सदस्यमा साझा उम्मेदवार हुन् ।

डा। मधुले पर्सा क्षेत्र नं। ३ मा एमाले र जसपा उम्मेदवारलाई जिताउन एमालेका अगुवाहरुसँग रणनीतिक छलफल गरेकी छन् ।एमाले नेताहरु लक्ष्मण चौरसिया, बब्लु गुप्ता, पारस बैठा, हनिफ अन्सारी, अली अहमद, धीरज चौरसियालगायतका नेतासँग चुनावी रणनीतिका बारेमा छलफल भएको डा। गुप्ताको सचिवालयले बताएको छ ।

उनीहरुले आउँदो मंसिर ४ हुने निर्वाचनमा एमाले र जसपाका उम्मेदवारलाई जिताउन एक ढिक्का भएको बताए ।

Share your love