पर्सामा अबैद्ध मतपत्र ल्याएका एक भारतीय नागरिक पक्राउ

भारतबाट अवैध रुपमा भित्रयाइएको ठूलो परिमाणमा मतपत्र सहित एक भारतीय पक्राउ परेका छन् । भारतसंग सीमा जोडिएको पर्साको जानकीटोला नाकाबाट भित्रयाउदै गरेको १५ हजार थान नमूना मतपत्र सहित भारत बिहारको नरकटिया ग्राम पन्चायत वडा नम्बर १४ घर भएका ४० वर्षिय इजाजत अहमदलाई प्रहरीले पक्राउ गरेको हो ।

भारत बिहारबाट बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नमूना मतपत्र बोकेर जानकीटोला नाका हुदै मङगलबार छिरेका अहमदलाई जानकीटोला नाकामा खटिएको प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरिले जानकारी दिनुभयो।

नेपालमा मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि भारतमा छापिएको नमूना मतपत्र गैरकानूनी रुपमा नेपालमा भित्रयाउदै गरेको अवस्थामा पक्राउ परेका अहमदलाई इलाका प्रहरी कार्यालय पोखरीयाको हिरासतमा राखिएको गिरीले बताउनुभयो  ।

अवैध रुपमा भित्रयाइएको मतपत्र सहित पक्राउ परेका भारतीय नागरिक अहमदलाई कुन ऐन अन्तर्गत कारबाही प्रकृया अगाडि बढाउने विषयमा प्रमुख जिल्ला अधिकारी र प्रमुख निर्वाचन अधिकृतसंग समन्वय भइरहेको पनि गिरिले जानकारी दिनुभयो  ।

Share your love