एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहान ललितपुरमा रहेको पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा  नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । नेम्वाङले आजै नयाँ बानेश्वरमा रहेकाे सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गर्नुहुने छ । संविधानसभाका अध्यक्ष र पूर्व सभामुखसमेत रहेका नेम्वाङ एमाले उपाध्यक्ष एवम् इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

यसअघि कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कांग्रेस  उम्मेदवार पौडेललाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने सहमति भैसकेको छ ।

Share your love