इंग्लिस प्रिमियर लिगमा आज लिभरपुल, म्यानचेस्टर सिटी, युनाइटेड र चेल्सीको खेल

इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सीलगायत खेल्दैछन् ।

पहिलो खेलमा सवा ५ बजे लिभरपुल र नटिङघम फरेस्ट खेल्दैछन् । त्यस्तै बेलुका पौने आठ बजे दुई वटा खेल हुँदैछन् । म्यानचेस्टर सिटी र ब्राइटन तथा एभर्टन र क्रिस्टल प्यालेस खेल्नेछन् ।

आजै हुने अर्को खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड राति सवा १० बजे खेल्नेछन् । चेल्सी १० खेलमा २० अंकका साथ अंकतालिकाको चौथो स्थानमा छ भने युनाइटेड समान खेलमा १९ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

Share your love