नयाँ उदयमान उम्मेदवार डा.मधु प्रति मतदाताको आकर्षण बढ्दै

वीरगंज-मधेश प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मी प्रति मतदाताहरुको आकर्षण बढ्दै गएको छ ।

डाक्टरी पेशाबाट राजनीतिमा आउनुभएको डा.गुप्ता किर्मिले समाजलाई केहि नयाँ दिनु हुन्छ भनेर आफुहरु आशावादी रहेको मतदाताले बताउन थालेका छन ।  उनीहरुले नयाँ जोश जाँगर भएको युवाले राजनीतिमा आउनुले केहि न केहि परिवर्तन हुन्छ भन्ने आफुहरु एकदम ढुक्क रहेको बताईरहेका छन ।

स्वास्थ्य क्षेत्रमा विज्ञता हासिल डा.गुप्ता कुर्मी समाजमा भएका विद्यमान समस्यालाई पहिचान गरेर उहाले नै समाधान गर्नुहुन्छ मतदाताले बताएका हुन । जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ को ( ख ) मा डा.मधु गुप्ता कुर्मी मधेश प्रदेश सभा सदस्यकी उम्मेदवारी दिनुभएको छ ।

Share your love