प्रदेश १ मा सत्ता गठबन्धनलाई जिताएर ओलीजीलाई जवाफ दिनुपर्छ : देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ मा सत्तारुढ गठबन्धनलाई जिताएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिनुपर्ने बताएका छन् ।

शनिबार विराटनगरमा आयोजित सत्तारुढ गठबन्धनको कार्यक्रममा उनले प्रदेश १ मा गठबन्धनमा आवद्ध दलका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई अपिल गरे ।

‘एक नम्बर प्रदेशमा गठबन्धनलाई जिताएर ओलीजीलाई जवाफ दिनुपर्छ’ देउवाले भने, ‘ओलीजीले पनि गठबन्धन गर्नुभएको छ, उहाँको राप्रपासँग गठबन्धन भएको छ । उहाँले गठबन्धन गर्न हुने हामीले किन नहुने रु’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनाव क्षेत्र प्रदेश १ को झापा जिल्लामा पर्छ ।  प्रधानमन्त्री देउवाले लोकतन्त्र र गणतन्त्रलाई स्थायी गराउन सत्तारुढ गठबन्धनले जित्न आवश्यक रहेको बताए । उनले सत्तारुढ गठबन्धनका दललाई एक अर्का दलको चुनाव चिह्मा मतदान गर्न अफ्ठ्यारो नमान्न पनि आग्रह गरे ।

 

Share your love