आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी थालेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जनाले निर्वाचन आचारसंहीता उल्लंघन गरेकाले आयोगले कारबाहीको तयारी गरेको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परेपनि ३५ जना उम्मेदवारले आचारसंहिता बढी नै उल्लंघन गरेको बताउनुभयो । आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता अहिले पनि विभिन्न तरिकाबाट उल्लंघन भइरहेकाले कारबाही गर्ने चेतावनी दिनुभयो ।

निर्वाचन आयुक्त भण्डारीले देशको नीति निर्माण र शासन सम्हाल्न जाने मानिसले शु?देखि नै ऐन, नियम र आचारसंहीता उल्लंघन गर्नुले देशका लागि नयाँ नीति निर्माण गर्न नसक्ने भन्दै निर्वाचन आचारसंहीताको पूर्ण पालना गर्न आग्रह गर्नुभयो ।

Share your love