बझाङमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३ जनाको अवस्था चिन्ताजनक

मष्टा गाउँपालिका अन्तरगत पर्ने चिउरीमा जिप दुर्घटना हुँदा ७ जनाको घटना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मष्टा गाँउपालिका वडा नम्बर २ की ८ वर्षीया सम्झना खड्का, एकै घरमा दाजु भाइ १५ वर्षीय रोसन खड्का र प्रचण्ड खड्का, ३८ वर्षीय विरेन्द्र अधिकारी, मष्टा गाउँपालिका वडा नम्बर ३ की २६ वर्षीया बसन्ती धामी कठायत र उनकी ७ महिनाकी छोरी दक्षिका कठायतको घटना स्थलमै मृत्यु भएको हो।

यस्तै शुक्लाफाटा नगरपालिका वडा नम्बर ७ घर भै हाल बझाङ जिल्ला अन्तरगत पर्ने राष्ट्रिय बाणिज्य बैङ शाखा कार्यलय मष्टामा सेकुरेटि गार्डमा कार्यरत ४२ वर्षीय झरेन्द्र बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

दुर्घटनामा परी १६ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको जिल्लाभन्दा बाहिर नेपालगञ्ज ज रेफर गरिएको छ भने अन्य १३ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय बझाङका कार्यलय प्रमुख प्रहरी नायब उपरिक्षक जागेश्वर भण्डारीले बताउनुभयो। घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइते भएका मष्टा गाउँपालिका २ का ५० वर्षीया सिन्की देवि भण्डारी, ६३ वर्षीय मणि बहादुर सिहँ र १० वर्षीय विशाल खड्का रहेका छन् । उनीहरुको टाउकोमा चोट रहेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै घाइते हुनेहरूमा मष्टा गाउँपालिका–२ का ८ वर्षीय अमृत खड्का, सोही ठाउँकी १३ वर्षीय रोशनी धामी, मष्टा गाउँपालिका गाञ्जीका सिद्धबिर बुढा, मष्टा गाउँपालिका १ बस्ने ३२ वर्षीय राजेश रोकाया ९गाडी चालक, साहु०, ४ वर्षीय सिम्रन सिंह, ११ वर्षीया अम्बिका सिंह, मष्टा २ का ७ वर्षीय अनिष ओखेडा, २५ वर्षीया कमला कठायत, २१ वर्षीय निन्दा ओखेडा, ३६ वर्षीय सन्तोष सिंह, मष्टा २ तीनगाउँका ७५ वर्षीय बीरबहादुर खड्का, २२ वर्षीया हेमन्ती सिंह, र २२ वर्षीय ईश्वर ओखेडा रहेका छन् ।

बुधबार जिल्ला सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सु।प प्र ०१–००१ च ०११७ नम्बरको जिप दुर्घटना भएको हो। जिप सडकबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताउनुभयो । क्षमता भन्दा बढी यात्रु जोखीम र साँघुरो उकालो सडकका कारण जीप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । आज भन्दा झण्डै ३ बर्ष अघि सोही ठाउँ नजिकै जीप दुर्घटना हुँदा मष्टा गाउँपालिका वडा नम्बर १ का १० जनाको मृत्यु भएको थियो ।

Share your love