पर्सा क्षेत्र नम्बर ३ मा जसपा र नेकपा एकढिक्का रहेको उम्मेदवार राजकुमार गुप्ताको भनाई

वीरगंज –नेकपा एमालेका केन्द्रीय सदस्य एवम पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ताले पर्सा क्षेत्र नम्बर ३ मा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ता एकढिका रहेको बताउनुभए छ   ।

घरदैलोको क्रममा सञ्चारकर्मीहरु संग कुरा गर्दै उहाले पर्साको अन्य क्षेत्रमा जसपा एमालेको अवस्था कस्तो छ त्यो भन्न नसकिने तर क्षेत्र नम्बर ३ मा जसपा नेकपा एमालेको गठबन्धन एकढिक्काका साथ अगाडी बढी रहेको भन्नुभयो   ।

जसपा नेपाल र नेकपा एमालेबाट पर्सा क्षेत्र नम्बर ३ ( ख ) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता र उहाको समर्थकहरु लगायत जसपाका आम कार्यकर्ता नेकपा एमालेका नेता कार्यकता संगै चुनावी घरदैलोमा पुगिरहेको प्रतिनिधि सभाका उम्मेदवार एवम नेकपा एमाले नेता राजकुमार गुप्ताले बताउनुभयो  । उहाले क्षेत्र नम्बर ३ मा जसपा , नेकपा एमाले गठबन्धन प्रति कुनै आशंका नगर्न आग्रह गर्नुभयो  ।

Share your love