अर्थर गनु ले ७ वटा सहरमा कन्सर्ट गर्ने

काठमाण्डौ – अमेरिकी आइडल फाइनलिस्ट नेपाली मूलका गायक दिवेश पोखरेल अर्थात् अर्थर गनले नेपालको संस्कृति र प्रकृतिलाई विश्वमाझ चिनाउन आवश्यक रहेको बताएका छन् ।

बिहीवार बेलुकी काठमाण्डौमा आयोजित एक कार्यक्रममा दिवेशले यस्तो बताएका हुन् । नेपालमा हुन लागेको पहिलो साङ्गीतिक यात्राबारे जानकारी दिन काठमाण्डौम आयोजित पत्रकार सम्मेलनमा बोल्दै दिवेशले नेपालमा भएका आफ्ना समर्थकहरूका लागि साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्न नेपाल आएको बताए ।

भोलि शनिवारदेखि हुने टुबोर्ग होमकमिङ अर्थर गन का लागि उनीसहितको टोली नेपाल आएको हो । नेपालको कला, संस्कृति र प्रकृतिको बारेमा जान्न र बुझ्न डकुमेन्ट्री बनाउने लक्ष्यसहित नेपाल आएको दिवशको भनाइ छ ।

एक महिनाको नेपाल बसाइमा नेपालको सांस्कृतिक, साङ्गीतिक, पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिने उनले बताए । सङ्गीत विश्वव्यापी भाष भएकोले यसबाट नै नेपालको पर्यटन प्रवद्र्धन गर्न सकिने उनको भनाइ छ ।

गायक दिवेशले देशका प्रमुख सात सहरमा नौ वटा कन्सर्ट गर्नेछन् । उनले नेपाल संस्कृतिका साथै प्राकृतिक बनावटले पनि सुन्दर रहेको भन्दै आफूले तयार पार्ने साङ्गीतिक टुर डकुमेन्ट्रीले झनै नेपालको पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे।

सन् २०२० को अमेरिकन आइडलमा भाग लिएसँगै एकाएक चर्चामा आएका गायक पोखरलले अमेरिका सङ्गीतको हिसाबले राम्रो ठाउँ भएको बताए । उनी अमेरिकन आडलमा तेस्रो स्थान बनाउन सफल भएका थिए ।

Share your love