उनको स्वास्थ्यमा सुधार भइरहे पनि डाक्टरको निगरानीमा राखिएको बीबीसी हिन्दीले जनाएको छ । राजू श्रीवास्तवका निजी सचिव गर्वित नारंगले उनको स्वास्थ्यमा सुधार भइरहेको समाचार एजेन्सी एएनआईलाई बताएका छन् ।
राजू श्रीवास्तवलाई गएको अगस्ट १० मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । जिममा कसरत गरिरहेका बेला छाती दुखेपछि उनी त्यही ढलेका थिए । कानपुरमा एक कविको घरमा जन्मिएका राजू श्रीवास्तवलाई मानिसहरू उनको जमिनसँग जोडिएको हास्य र उनको भूमिका ुगजोधरु लाई लिएर चिन्छन् ।
राजू श्रीवास्तवले कैयौँ चलचित्र र धारावाहिकमा हास्य कलाकार रूपमा काम गरिसकेका छन् । ग्रेट इन्डियन लाफ्टर च्यालेन्जु बाट चर्चामा आएका उनले कमेडी सर्कसु र ुलाफ इन्डिया लाफु बाट पनि मानिसहरूलाई हँसाएका छन् ।
सन् २०१४ मा उनी भारतीय जनता पार्टी प्रवेश गरेका थिए । तत्कालीन भाजपा अध्यक्ष राजनाथ सिंहको उपस्थितिमा उनले पार्टी प्रवेश गरेका थिए ।