एनएलजी इन्स्याेरेन्स कम्पनी र ई–बीमाबीच सम्झौता

काठमाण्डौ – पहिलो डिजिटल बीमा सेवा प्रदायक ई–बीमा र एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ई–बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो ।

सम्झौता अनुसार ई–बीमाको प्लेटफर्ममार्फत अनलाइनबाट नै ई–बीमा खरिद गर्न सकिनेछ । सम्झौता पत्रमा ई–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्तले हस्ताक्षर गर्नुभएको हाे ।

निर्देशक ज्ञवालीले एनएलजी इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्त्वलाई उजागर गरेको बताउँदै नागरिकमा बीमा नीति डिजिटलीकरणको आवश्यकता बढ्दै गएको उल्लेख गर्नुभयो ।

यस्तै एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्तले नागरिकमा बीमा नीतिहरूका लागि डिजिटलाइजेसनको आवश्यकता बताउँदै ई–बीमासँग गरिएको यो सम्झौतापछि बजारको त्यस्तो आवश्यकता पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

ई–बीमा सन् २०१५ देखि विभिन्न बीमा उत्पादन र सेवाहरूलाई डिजिटलाइज गर्न सक्रिय रहेकाे छ।

Share your love