स्याङ्जा–२ अपडेट : गुरुङले मतान्तर बढाउँदै

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार धनराज गुरुङले मतान्तर बढाउँदै लैजानुभएको छ ।

गुरुङ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी अर्यालभन्दा ६ हजार ५४ मतले अगाडि हुनुहुन्छ । हालसम्मको मतगणनाअनुसार गुरुङले २९८ हजार ३३ मत प्राप्त गर्दा अर्यालले २२ हजार ९ सय ७९ मत ल्याउनुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ७ सय १३ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका–११, भिरकोट नगरपालिका–५, वालिङ नगरपालिका–१२, कालीगण्डकी गाउँपालिका–७ तथा चापाकोट नगरपालिकाका चार वडा गरी ३९ वडाको मगतणना सकिएको छ । अब चापाकोट नगरपालिका–५, ६, ७, ८, ९ र १० को मतगणना मात्र बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

Share your love