राष्ट्रपति रामचन्द्र पौडेलले ६ देशका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम विभिन्न देशमा कार्यरत आवासीय नेपाली राजदूतहरूलाई गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मलेसियाका आवासीय राजदूत डिल्लीराज पौडेललाई ब्रुनाई दारूसलाम, ब्राजिलका आवासीय राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिलि, अष्ट्रियाका आवासीय राजदूत भरत कुमार रेग्मीलाई क्रोएसिया, रूसी महासङ्घका आवासीय राजदूत मिलनराज तुलाधारलाई गणतन्त्र काजखस्तान, डेनमार्कका आवासीय राजदूत प्रा.डा. राम स्वार्थ रायलाई लिथुआनिया र इजिप्टका आवासीय राजदूत सुशीलकुमार लम्साललाई प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियाको गैरआवासीय राजदूत नियुक्त गर्नुभएको हो ।