बारामा एसईईको प्रश्नपत्र आउट भएको परिक्षा केन्द्रका अध्यक्षसहित ५ जना निलम्बित

बारा जिल्लामा माध्यमिक शिक्षा परिक्षा (एसईई) को प्रश्नपत्र आउट भएपछि परिक्षा केन्द्रको अध्यक्षसहित पाँच जना कारवाहीमा परेका छन् ।

एसईईको आज पहिलो दीन परिक्षा सुरु भएको केहि समय भित्रै बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयबाट अंग्रेजी विषयको प्रश्नपत्र आउट भएपछि स्थानीय प्रशासनले त्यहाँको परिक्षा केन्द्रको जिम्मवारी पाएका केन्द्राध्यक्ष, दुई जना सहायक केन्द्राध्यक्ष र दुईजना परिक्षा निरीक्षकलाई निलम्बित गरेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी  नवराज सापकोटाकाअनुसार निलम्बित हुनेमा केन्द्राध्यक्ष दिनेश प्रसाद साह, सहायक केन्द्राध्यक्षद्वय पदम राज चौधरी र विजय प्रसाद चौधरी र प्रश्नपत्र आउट भएको कक्षाकोठामा खटेका निरीक्षकद्वय कुन्दन प्रसाद कुशवाह र श्याम किशोर गुप्तालाई निलम्बित गरीएको छ । एसईई परिक्षा चलेसम्म उनीहरुलाई सबै जिम्मेवारीबाट निलम्बन गरिएको सीडीओ सापकोटाले बताउनुभयो  ।

Share your love