महिला मन्त्रालयमा पुरुष मन्त्रीकोे इन्ट्री

लामो रस्साकस्सीपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद विस्तार गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे नँया मन्त्रीहरुलाई सपथ गराउने छन् ।

दलहरु मन्त्री छान्न सकसमा परिरहेको बेला यसपटक नेपाल समाजवादी पार्टीका नेता महेन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठनागरीक मन्त्री नियुक्त भएका छन् । उनले गएको प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीबाट लोसपा नेता राजेन्द्र महतोलाई हराएर निर्वाचित भएका थिए ।

२०५७ सालमा शेरबहादुर देउवाले सुरुवात गरेका यस मन्त्रालयमा अपवादको रुपमा २०६९ सालमा बद्री न्यौपानेले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । हालसम्म  उक्त मन्त्रालयमा ४५ जना मन्त्री, १४ जना राज्य मन्त्री र ५ जना सहायक मन्त्री भइसकेका छन् ।

सुरुवाती वर्षहरूमा सहाना प्रधान, अष्टलक्ष्मी शाक्य जस्ता नेताहरू उक्त मन्त्रालयमा मन्त्री बनेका थिए । उक्त मन्त्रालय गणतन्त्र स्थापनापश्चात् भने सधैं उपेक्षित रह्यो । अहिलेसम्म यो मन्त्रालय सम्हालिसकेको मन्त्री पुन:यही मन्त्रालयमा फर्केको रेकर्ड नै छैन । अपवाद बाहेक कुनैपनि पुरुष सांसद महिला बालबालिका तथा जेष्ठनागरीक मन्त्रालयको जिम्मेवारीमा पुग्न चाहेका छैनन् ।

Share your love