२ वटा पेस्तोलसहित ३ जना पक्राउ

धरान उपमहानगरपालिकाबाट २ वटा पेस्तोलसहित ३ जनालाई पक्राउगरी ईलाका प्रहरी कार्यालय धरान सुनसरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नंं. १७ डाँडा घोपा बस्ने २९ वर्षीय हुकमेन जिमी, हुकमेन जिमीको भाई २४ बर्षीय दीपक जिमी र धरान १५ का २४ वर्षीय रोहित राई रहेको प्रहरी नायब उपरिक्षक नवराज मल्लले बताउनुभयो ।

प्रहरीले सुचनाको आधारमा बैशाख ३१ गते राती कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको (रिट) समुह र इलाका प्रहरी कार्यालय धरानको संयुक्त प्रहरी टोलीले हुकमेन जिमी र दिपक जिमीलाई निजहरुकै घरकोठाबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक मल्लले बताउनुभयो ।

पक्राउ परेकाहरुलाई सोधपुछका गर्ने क्रममा हुकमेन जिमीले २ थान पेस्तोल खरिद गरी ल्याएको बुझिएको प्रहरी नायब उपरिक्षक मल्लले जानकारी दिनुभयो । उहाँको अनुसार खरिद खरेर ल्याएको पेस्तोलमध्ये विवरण नखुलेको १ थान पेस्तोल हुकमेन जिमीले घरमा ल्याई राखेकोमा हुकमेन जिमीको भाई दिपक जिमीले सर्दुखोला नजिकै झाडीमा लुकाई राखेकोमा अवस्थामा फेला परेको बताउनुभयो ।

यसैगरि रोहत राईको घरकोठामा प्रहरीले खनतालसी गर्ने क्रममा राई सुत्ने पलङको डस्ना मुनी लुकाएर राखेको अवस्थामा म्याग्जिन सहितको ‘मेड इन इटली’ लेखेको १ थान पेस्तोल सहित प्रहरीले फेला पारेको हो ।

पक्राउ परेका तीनैजनाको इलाका प्रहरी कार्यालय धरानले मुलुकी अपराध संहिता,२०७४ को परिच्छेद–६ को हातहतियार खरखजना सम्बन्धी कसुर अन्तर्गत सम्मानित सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थपगरी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरिक्षक नवराज मल्लले बताउनुभयो ।

Share your love