बाख्रा चोरेको आरोपमा एक जना पक्राउ

धनुषामा बाख्रा चोरी गरेको आरोपमा एक जना  पक्राउ परेका छन् । प्रहरीले चोरी गरेको बाख्रासहित धनुषाधाम नगरपालिका ५ नौसयविघाका ६८ वर्षीय ताहिर राईनलाई पक्राउ गरेको हो ।

प्रहरीले राईनलाई मिथिला बिहारी नगरपालिका १ बाट बाख्रासहित पक्राउ गरेको जनाइएको छ । प्रहरीका अनुसार ५ वटा बाख्रा चोरी भएको बताए पनि ४ वटा बाख्रा फेला पारेको जनाएको छ । राईनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Share your love