२४ घण्टामा २ सय ५७ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नाै सय २१ जनाको नमुना परीक्षण गर्दा दुई सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा दुई सय ३२ जना सङ्क्रमित निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ४६ जना रहेको छ । २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

यस्तै थप ५० हजार तीन सय ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Share your love