जसपा पर्साको क्षेत्रीय विस्तारित बैठक सम्पन्न

वीरगंज –आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा  र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी जनता समाजवादी पार्टी पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय कमिटिको आयोजनामा क्षेत्रीय विस्तारित बैठक सम्पन्न गरिएको छ   ।

पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादवको अध्यक्षता तथा जसपा नेपालका केन्द्रीय सदस्य एवम पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रुनियारको प्रमुख आतिथ्यतामा सम्पन्न क्षेत्रीय बिस्तारित बैठक पर्सा क्षेत्र नम्बर ३ को ( क ) मा उपेन्द्र यादवको अध्यक्षतामा  र ३ को (ख)मा पवन सिंहको अध्यक्षताममा प्रदेशसभा क्षेत्रीय समिति गठन गरिएको छ  ।

क्षेत्र नम्बर ३ को (क) मा समितिको उपाध्यक्षमा भगवान गिरि , हफिन खातुन , सिकेन्द्र सहनी , बिरन्द्र गिरि,  सचिवमा जवाहर प्रसाद , उपसचिव बसन्ती देवी , बालेश्वर दास कोषाध्यक्ष –उषा चौधरी थारु चयन हुनुभएको छ । त्यसैगरी क्षेत्र नम्बर ३ को (ख) मा समितिको उपाध्यक्षमा कमलेश यादव , मिरा ठाकुर , बिजय राम , सचिवमा कमलेश कुमार पटेल , उपसचिवमा मुना देवी ,शेषनाथ सहनी , कोषाध्यक्षमा विजय पासवान , शेष प्रसाद साह चयन हुनुभएको छ ।

उक्त कार्यक्रममा जसपाको केन्द्रीय सलाहकार खलिल मिया , जनार्दन यादव , फिरोज मन्सुर , सलमा खातुन , जसपाका बरिष्ठ नेता सुरेन्द्र कुर्मी , जसपा संघीय परिषद सदस्य शिवजी सोनी , मधेश प्रदेश समिति सदस्य गौरीशंकर साह , शिव साह , जिल्ला सचिव तवरेज अहमदको सहभागिता रहेको थियो ।

त्यसैगरी प्रदेश सांसद मन्जुर अन्सारी , सखुवा प्रसौनी गाउँपालिकाका पूर्ब अध्यक्ष प्रदिप जैसवाल , जसपा नेती रमेश साह तेली , मधुशुदन चौरसिया , राजु साह लगायतको सहभागिता रहेको थियो ।

त्यस कार्यक्रमलाई सम्बोधन गर्दी पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियारले पार्टीलाई जिताउनको लागी सबै कार्यकर्ता एक ढिका भएर लाग्न निर्देशन दिनुभयो ।

Share your love