२० वर्षमुनिकाे महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दै

बङ्लादेशमा भइरहेको साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ । खेल ढाकाको मुस्तोफा कमल मैदानमा दिउँसो सवा ३ बजे सुरु हुनेछ । नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।

पहिलो खेलमा नेपाल आयोजक बङ्लादेशसँग ३–१ गोलले पराजित भएको थियो । भुटान पनि शुक्रवार भएको उद्घाटन खेलमा भारतसँग १२–० गोलले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बङ्लादेश, भारत र भुटान सहभागी छन् ।

नेपालले अर्को खेल मङ्गलवार भारतसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि बिहीवार खेल्नेछन् ।

 

Share your love