१९ वर्षमुनिको विश्व कप छनोटमा नेपालले पहिलो खेल सिङ्गापुरसँग खेल्ने

नेपालले आउँदो महिना यूएईमा हुने आईसीसी १९ वर्षमुनिको विश्व कप छनोटमा पहिलो खेल सिङ्गापुरसँग खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले छनोटमा नेपालले खेल्ने खेल तालिका सर्वजनिक गरेको छ ।

नेपालले पहिलो खेल फागुन १२ अर्थात् फेब्रुअरी २४ मा सिङ्गापुरसँग खेल्नेछ । दोस्रो खेल फागुन १३ मा कुबेतसँग खेल्नेछ । त्यस्तै फागुन १५ मा हङकङसँग खेल्नेछ । फागुन १६ मा मलेसियासँग खेल्नेछ । त्यसपछि नेपालले दुई दिन विश्राम गर्नेछ ।

अन्तिम खेल फागुन १८ मा यूएईसँग खेल्नेछ । नेपाल प्रतियोगिताको शीर्ष स्थानमा रहन सके सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्न पाउनेछ । टोलीको मुख्य प्रशिक्षक जगत टमाटा रहेका छन् । नेपालले १४ सदस्यीय टोलीको पनि घोषणा गरेको छ । तर कप्तानको टुङ्गो लागेको छैन ।

 

Share your love