१० हजार रुपैयाँ पारिश्रमिक दिएर अरिङ्गालको गोलो पोलियो

काठमाण्डौको मातातीर्थमा विद्युत् प्रसारण लाइनको टावरमा अरिङ्गालले लगाएको गोलो विद्युत् प्राधिकरणले मान्छे लगाएर पोलेको छ ।

तीन जना मान्छेलाई पारिश्रमिक दिएर आज बेलुका अरिङ्गालको गोलो पोलिएको काठमाण्डौ ग्रिडका प्रमुख विनोद लोहनीले उज्यालोलाई जानकारी दिनुभयो ।

‘तीन जनाले गोलो पोल्नुभएको छ, अब आज बिहानदेखि हामीले तार जडानको काम थाल्छौँ ’ लोहनीले भन्नुभयो । उनीहरुले मागेअनुसार १० हजार रुपैयाँ पारिश्रमिक दिएको प्राधिकरणले जनाएको छ ।

अरिङ्गालको गोलोका कारण काठमाण्डौको मातातीर्थ–हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइनको काममा समस्या भएको थियो ।

मातातीर्थमा निर्माण भएको अग्लो टावरमा कालो अरिङ्गालले गोलो लगाएका कारण जम्पर ९टावरमा तार जोड्ने मुख्य ठाउँ० जडान गर्न समस्या भएपछि प्राधिकरणले अरिङ्गाल पोल्ने मान्छेको समेत खोजी गरेको थियो ।

Share your love