सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घटे – मोबाइलबाट रेडियो सुन्ने र टेलिभिजन हेर्नेहरू धेरैु

काठमाण्डौ -कोभिड–१९ पछिको असर र वैकल्पिक मिडियाको बढ्दो प्रयोगसँगै रेडियो, टेलिभिजन र पत्रपत्रिकाजस्ता परम्परागत सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट्न थालेका छन् ।

सञ्चारविज्ञसहितको टोलीले गरेको एक अध्ययनले टेलिभिजनका दर्शकमा १२ दशमलव २, रेडियोका स्रोता १४ र पत्रपत्रिकाका पाठक १७ प्रतिशतले घटेको देखाएको छ भने समाचार ग्रहणका लागि यी माध्यमको प्रयोग मानिसले अनिवार्य नभइ आक्कलझुक्कलरूपमा गर्न थालेको पाइएको छ ।

यद्यपि समसामयिक सूचना र आएका सूचनाको विश्वसनीयताका दृष्टिले यी माध्यमको औचित्य कायमै रहेको देखिएको छ । सामाजिक सञ्जाल प्रयोग बढे पनि मानिसहरू त्यहाँ आउने सूचनालाई भरसक विश्वास गरिहाल्दैनन् ।

देशभरका १८ वर्ष उमेरमाथिका ५ हजार ५ सय ८२ जनाबीच स्थलगत अध्ययनका आधारमा ‘शेयरकाष्ट इनिसिएटिभ नेपाल’ले प्रकाशन गरेको ‘नेपाल मिडिया सर्वे(२०२२’ले केही त्यस्ता रोचक तथ्यहरू उजागर गरेको छ, जसले सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूको प्रयोग, विश्वासनीयता र सञ्चार उद्यमी तथा सञ्चारकर्मीहरूका लागि भावी लक्ष्य कोर्न बाटो देखाइदिएको छ ।

अध्ययन प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागीमध्ये रेडियोको प्रयोगको सङ्ख्या ४५ दशमलव २ प्रतिशत, टेलिभिजनको प्रयोग ४८ दशमलव ५ प्रतिशत, मोबाइल र इन्टरनेटको प्रयोगको सङ्ख्या ६३ प्रतिशत र अनलाइन न्युज पोर्टल प्रयोगको ३० प्रतिशत र पत्रपत्रिका प्रयोग १५ प्रतिशतले गर्ने गरेका छन् ।

त्यही संस्थाले सन् २०२० मा गरेको यस्तै प्रकारको अध्ययनको तुलनामा रेडियो, टेलिभिजन र पत्रपत्रिकाका प्रयोगकर्ता घटेका छन् भने मोबाइल र सामाजिक सञ्जालको प्रयोगकर्ता बढेका छन् । अध्ययनले रेडियो र टेलिभिजन सेटबाट नभइ इन्टरनेटको प्रयोगबाट मोबाइलबाटै रेडियो सुन्ने र टेलिभिजन हेर्नेहरू पनि बढिरहेका छन् ।

सूचना तथा प्रसारण विभागको अभिलेखअनुसार देशभरबाट आर्थिक वर्ष २०७७र७८ सम्ममा दर्ता भएका पत्रपत्रिकाको कुल सङ्ख्या ७ हजार ८ सय ७४ रहेको छ । यीमध्ये काउन्सिलको वर्गीकरणमा करिब एक हजार पर्ने गरेका छन् । पछिल्लो समयमा पत्रपत्रिकाको उत्पादन सङ्ख्या घट्न थालेको छन् । पत्रपत्रिकाहरूले अनलाइन संस्करणबाट आफ्ना पाठकलाई जोड्न थालेका छन् ।

दूरदराजमा पत्रपत्रिकाको उपलब्धता नहुने भएकाले तथा आफ्नो पेसा व्यवसायका कारण समय दिन नसकिने हुँदा पत्रपत्रिका पढ्ने प्रवृत्ति घटेको देखिएको छ । प्रेस काउन्सिल नेपालमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरूको पछिल्लो आँकडा ३ हजार ६ सय २४ पुगेको छ।

काउन्सिलको ४८औँ वार्षिक प्रतिवेदनले पनि सञ्चारमाध्यमलाई सामाजिक सञ्जालका कारण चुनौती थपिएको स्पष्ट उल्लेख गरेको छ । ुआम नागरिक कुन मिडिया हो, कुन सामाजिक सञ्जाल हो, को पत्रकार हो र को होइन भनेर छुट्याउन सक्ने अवस्थामा छैनन् । आमसञ्चारका सबै क्षेत्रलाई समेट्नु र नागरिकको विश्वास बढाउनु आजको आवश्यकता हो । एउटै सञ्चारमाध्यमको समाचार पढेर, सुनेर, हेरेर नागरिकले धारणा बनाउन सकिरहेका छैनन् । किनभने तथ्यमै फरक पारिएको हुन्छ ।ु

यो अध्ययन र विश्लेषणमा मधु आचार्य, डा। भूमिराज चापागाईँ, डा। सुधाम्शु दाहाल, कुन्द दीक्षित र रमेशप्रसाद अधिकारी सम्लग्न हुनुभएको थियो।

 

Share your love